हचुवा तालमा कोरोनाको खोप लगाउनेको ‘मेला’, खोप लगाउने भन्दा फैलिने पिर धेरै… (फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ /अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरकाबीच धनगढीमा पहिलो चरणको खोप मंगलबारबाट लगाउन सूरु गरिएको छ । मंगलबार धनगढीको खेल रंगशाला (कर्वडहल) मा खोप लागाउनेहरुको निकै उदेकलाग्दो भिड देखिएको थियो । उक्त भिड हेर्दै नागरिकहरु भनिरहेका थिए, ‘खोप लगाउने भन्दा कोरोना लाग्ने पिर बढी भो ।’
पहिलो चरणमा ६० वर्षभन्दा माथीका वृद्धवृद्धा, फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मी तथा पत्रकारहरुलाई खोप लगाउने भनिएको भएतापनि अवस्था भने ठिक उल्टो देखिन्थ्यो । घण्टौँसम्म लाईनमा बसेका वृद्धवृद्धाले खोपको पालो कुरिरहेका थिए भने पहुँचका आधारमा आउनेहरुले भने खोप लगाईरहेका देखिन्थे । अस्तव्यस्त रहेको व्यवस्थापनकाबीच खोप लगाउन पुग्नेहरुमा कोरोना सर्ने पिर धेरै देखिन्थ्यो । खोप लगाउनेहरुको भिडले खोप भन्दा बढी कोरोना फैलिने जोखिम तिव्र बनेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः











प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal