फलोअप: कैलालीमा रोकिएन वन अतिक्रमण, विनासकारीहरुको लामै लिस्ट, टप लिस्टमा सरकार आफैँ...

KAILALI
  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा वन अक्रिमणको जालोमा सरकार आफै जेलिएको खुलासा भएको छ । वन अतिक्रमणको जालो पछ्याउँदै जाँदा सरकारी स्तर आफै वनविनाशमा लागि परेको पाईएको हो ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा अहिले वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने ट्रेण्ड चलेको छ । विभिन्न संस्थाका नाममा भवन निर्माण बनाउने काम धमाधम अगाडी बढेको हो । दुर्गालक्ष्मी महिला सामुदायिक वनमा निर्माण भएका र हुँदै गरेका अधिकांश भौतिक संरचनामा सरकारको लगानी रहेको वनकी अध्यक्ष दुर्गा कडायतले बताईन । 'हाम्रो वन मास्नमा सबैभन्दा ठूलो हात सरकारकै छ । मनपरी रुपमा संरचना निर्माणका लागि बजेट विनियोजन गर्छन्, केहि बोले पावर र पहुँचको धम्की दिन्छन्', अध्यक्ष कडायतले भनिन् ।

त्यस्तै वनकै जग्गामा अतिक्रमण भएर निर्माण हुँदै गरेको नगरस्तरिय संयुक्त श्रमिक ट्रेड युनियनको भवनको पक्षमा बोल्दै धनराज जोशीले सरकारलाई चुनौति दिनकै लागि बलजफ्ती रुपमा संरचना निर्माण गर्न लागेको बताए । उनले भने, 'वनमाफियाको कालो कर्तुतलाई सरकार स्वयम आफै जोगाउन लागेको छ ।' 'वन मिचेर संरचना निर्माण गर्न सरकार आफै लगानी गर्छ अनि आफै वन जोगाउने नारा लगाउँछ', उनले थपे, 'सबैको भत्काउँछ भने भत्काओस् होईन भने हामी प्रतिकार गर्छौँ ।'
प्रकाशित मिति : June 10, 2021

recent

सुदूर-ट्रेन्डिङ

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Our Team | Disclaimer | Advertise With Us | Privacy Maintained By : Eservices Nepal