मदिरामा मातेका मेयरसापको बदनामपछीको ‘लिला’, फोन गर्दै समाचार हटाउन दबाब दिँदै…

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । मदिरा सेवन गर्दै होटल संचालिकालाई धम्की दिएका कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले बदनाम हुन थालेपछि समाचार हटाउनका लागि दबाब दिन थालेका छन् ।
सोहि दिन नगरप्रमुख हमालसँगै गौरब होटल पुगेका नेचुरल होटलका सञ्चालक रामप्रसाद भट्टराईले समाचार र फेसबुक स्टाटस हटाउनका लागि पिडितलाई दबाद दिएका हुन् । उनले होटल संचालिकाकी छोरी कृतिमा गिरीलाई फोन गर्दै समाचार तथा स्टाटस हटाउनका लागि दबाब दिएका हुन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर हमालले रातिको समयमा रक्सी माग्दै एक होटल संचालकलाई धम्की दिएका थिए । नगरप्रमुख हमालले राति बन्द भैसकेको गोदावरीको गौरब होटलमा दादागिरि शैलीमा आफूहरुलाई रक्सी चाहिएको भन्दै दबाव दिँदै होटलका संचालक विष्णुदेव गिरिलाई धम्की दिएका थिए ।
नगरप्रमुख हमाल सहितका ४ जनाको समुह रातिको समयमा सरकारी गाडीमा आएर आफ्नो बन्द रहेको होटललाई खुलाएर रक्सी र कोठा चाहियो भन्दै बारम्बार दवाव दिएको होटलका संचालक गिरिकी छोरी कृतिमा गिरिले बताएकी छिन् । राति १० बजे भएकाले आफूहको होटल बन्द भैसकेको र निषेधाज्ञामा रक्सी पनि नभएको बताएपछि नगरप्रमुख हमालले अश्लिल शब्द प्रयोग गर्दै गाली गलौच गर्नुका साथै धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal