कैलालीमा ट्राफिक प्रहरीका लागि दुई दिने आँखा शिविर सञ्चालन, कस्तो छ व्यवस्था ?

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीमा प्रहरीका लागि दुई दिने आँखा जाँच शिविर सञ्चालन भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा शिविर सञ्चालन भएको हो । पहिलो दिन बिहिबार १०६ जना प्रहरी कर्मचारीको आँखा जाँच गरेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाल जनाएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र च्यारिटी हेल्थ फाउण्डेशन नेपालको संयुक्त आयोजना तथा धनगढी नेत्रालय आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । त्यस्तै उक्त शिविरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले प्रायोजन गरेको छ ।

उक्त शिविरमा प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुरमा कार्यरत ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालय मालाखेती अत्तरिया कैलालीमा कार्यरत प्रहरी कर्मचारीहरुको आँखा चेकजाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal