सुदूरमा आइएनजिओको पुण्यको काम, माहामारीमा २२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

DOTI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
डोटी । वर्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सिडिसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि भन्दै रु २२ लाख ६४ हजार ७२८ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
सिड नेपाल डोटीका अध्यक्ष शेरबहादुर मल्लका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० ओटा ४६ लिटरका अक्सिजन सिलिण्डर, ७० थान पल्स ओक्समिटर, ७० वटा थर्मल टेम्प्रेचर गन, पिपिई सेट, पाँच लिटर सेनिटाइजर, पाँच हजार वटा मास्कलगायत रहेका छन् । जिल्लामा कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले ती स्वास्थ्य सामग्री सहयोग गरीएको सिड नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal