एउटा संस्थाको कामले कति फरक पर्दछ जिन्दगीमा… (भिडियो)

  • मिसन सुदूरपश्चिम टेलिभिजन कार्यक्रम / अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
संकटका बेला कसैले गरेको सानो सहयोगले कति ठुलो अर्थ राख्छ मान्छेको जीवनमा । त्यसमा पनि बाँच्ने आशामा अस्पताल पुग्नुपर्ने अवस्थाका बीच कसैले एम्बुलेन्सको व्यवस्था गर्नु भनेको फगत सहयोगमात्र होइन, मानव जीवनमा कसैले गरेको अभूतपूर्ण पुण्यको काम पनि हो । र सुदूरपश्चिममा यस्तै पुण्यको काम भईरहेको छ। हो, रोयल कोल्याबोरेटिभ्स र धनगढी उपमहानगरपालिकाको समन्वयमा आकस्मिक एम्बुलेन्स सेवासंचालनमा आएको छ । जसका कारण थुप्रै विरामी लाभान्वित त भएका छन् नै, संकटका बेला कसरी जनताको सारथी बन्नुपर्छ भन्ने गतिलो उदाहरणसमेत प्रदेशमा दर्ज भएको छ ।
यसो त रोयल कोल्याबोरेटिभ्सले कोभिड केन्द्रित थुप्रै अभियानहरु पनि चलाएको छ । र पनि एम्बुलेन्सको व्यवस्था ती सत्कर्महरु भन्दा पनि पनि माथिको महासत्कर्म बनेको छ । एम्बुलेन्स सेवा सुरु भएपछी नागरिकलाई अस्पतालसम्म पुग्न सहज मात्र भएको छैन, संकटको सारथी बनेर सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा गर्न पाउँदा एम्बुलेन्स चालकहरुपनि मन पनि खुसीले फुरुङ्ग भएको छ । 
यदी यो संसारमा साच्चै भगवान छन् भने अटोरिक्सा, र पिकअप भ्यानलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्दै प्रयोग गरेर आकस्मिक एम्बुलेन्स सेवा संचालन गरेको रोयल कोल्याबोरेटिभ्सको यो सत्कर्मको परिनाम यस्तो महाअभियान चलाउनेको जीवनमा पक्कै देखिनेछ । किनकि संकटको अवस्थामा एम्बुलेन्सको व्यवस्था गर्नुको पुण्य, हजारौं महायज्ञभन्दा पनि बढी हुने कुरामा कुनै शंका नै छैन । अझ त्यसमा पनि धनगढी उपमहानगरपालिकाले यो महापुण्यको काममा गरेको गज्जबको समन्वयले स्थानीय सरकार यो संकटका बेला कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई एउटा चोटिलो जवाफ पक्कै दिएको छ ।
आर्थिक अवस्था सबल भएकाले शुल्क तिर्ने र अवस्था कमजोर भएकाहरुको जिम्मा संस्थाले लिने बताइएको छ । आवश्यक परेको समयमा बिरामीलाई सम्पर्क गर्न भनी सम्पर्क नम्बरसमेत दिइएको छ । आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने बेलामा अरुलाई बचाउनका लागि गरिएको यो कामको जति प्रशंसा गरे पनि पुग्दैन । रोयल कोल्याबोरेटिभ्स र धनगढी उपमहानगरपालिकाको समन्वयमा गरेको यो सत्कर्मबाट अरुले पनि पाठ सिक्नुपर्छ। किनकि आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने बेलामा अरुलाई बचाउनुको सन्तुष्टी जीवनमा कसै गरे पनि मिल्नै सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal