१ किलो चरेससहित धनगढीबाट दुईजना पक्राउ 

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो

कैलाली । कैलालीमा लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ बाट १ किलो २९० ग्राम कालो प्लाष्टिकमा बेरेको चरेससहित दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा धनगढी १८ एफ गाउँका २४ वर्षीय केदार बोहरा र सोही ठाउँका २७ वर्षीय सन्तोष बिष्ट रहेका छन् । उनीहरुलाई थापाघाट सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बिओपी फुलवारीको टोलीमा नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट १ केजी २९० किलो प्लाष्टिकमा बेरेको कालो पदार्थ बरामद गरिएको छ । 

हाल बरामद भएको लागूऔषध र उनीहरुले प्रयोग गरेको स्कुटरसहित दुवैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बहुलियामा बुझाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal