कैलालीमा लापसे जाँच सुरु, गल्ती गरे सिधै थुनामा !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्यूरो

कैलाली । कैलालीमा ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनेमाथि कडाई गरेको छ । लागुपदार्थ सेवन गरी सवारी चलाउँदा सवारा दुर्घटना बढ्न थालेपछि कैलालीमा लागुपदार्थ सेवन (लापसे) चेकजाँच गर्न सुरु गरिएको हो ।

यसरी लापसे चेकजाँचका क्रममा कैलालीबाट डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का ३३ वर्षीय भिमराज अवस्थीलाई नियन्त्रणमा लिइइएको छ । कैलालीको गोदावरी नगरपालिका ५ गेटास्थित मोहना–अत्तरिया ६ लेन सडकमा लागु पदार्थ सेवन गरी सवारी चलाईरहेको भन्नै सूचनाका आधारमा चेकजाँच गर्दा अवस्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक विरेन्द्र जोहारीले जानकारी दिएका छन् ।

लागु औषध परीक्षण किटको प्रयोग गरी ३० वटा निजी सवारी साधन चेकजाँच गर्दा अवस्थीले लागुपदार्थ सेवन गरी टिप्पर चलाएको पाइएको थियो । अवस्थीसँगै उनले चलाएको प्र.०३ ०१–००३ क ४७१२ नम्बरको टिप्पर पनि नियन्त्रणमा लिइएको छ ।

त्यस्तै, सवारी दुर्घटना न्यूनिकरणका लागि मापसेसँगै अब कैलालीमा लापसे जाँचलाई पनि प्रभावकारी बनाउँदै लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख जोहारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal