गुड न्युज : सुदूरका अस्पतालमा ह्वात्तै घट्यो बिरामीको चाप !

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको संख्यामा  कमि आएको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण सूरु भएयता खचाखच भएका सेती अस्पतालका बेड अहिले खाली भएका छन् ।
कोरोनाको संक्रमण दिनप्रतिदिन बढेसँगै भरिभराउ भएका अस्पतालका शैया अहिले खाली हुँदै गएका छन् । प्रदेशकै ठूलो र रेफरल सेन्टरको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा भरिएका शैया अहिले खाली हुँदै गएका छन् । दैनिक आउने बिरामीको संख्या घट्दै गएको र निको हुनेको संख्यामा वृद्धी हुँदै जानुले अस्पतालका बेड खाली भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

‘अहिले अस्पतालमा रहेको १६ वटा आईसियु भने भरिभराउ छ’, श्रेष्ठले भने, ‘बेडको हकमा भने २९ बेड खाली छन् ।’ उपचारका लागि पहिलाको जस्तो पेटी, प्यासेज र उभिएरै गर्नुपर्ने अवस्था नरहेको समेत श्रेष्ठले बताएका छन् । उनले थपे, ‘माहामारीकाबीच विभिन्न संस्था र व्यक्तित्वबाट प्राप्त भएका स्वास्थ्य सामाग्रीले पनि उपचारमा ठूलो सहयोग पुगेको छ ।’
बुधबारको तथ्याङक अनुसार सेती प्रादेशिक अस्पतालमा उपचारका लागि ६६ जना भर्ना भएका थिए । जसमध्ये २२ जना निको भएको र हाल अस्पतालमा ४४ जना बिरामी उपचाररत अवस्थामा रहेका छन् । दिनानुदिन अवस्था सामान्य बन्दै गएको र बिरामीको संख्या पनि निरन्तर घट्दै गएकोले पहिलो जस्तो आत्तिनुपर्ने अवस्था नरहेको श्रेष्ठको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal