कोरोना कहरः पत्रकारलाई काँग्रेस नेतृ आरजु राणाको विशेष सहयोग, अरु कहाँ-कहाँ गरिन् पुण्यको काम ?

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीका समयमा कांग्रेस नेतृ आर्जु राणा देउवाले फ्रन्ट लाईनमा रहेर काम गर्ने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकी छिन् । बुधबार धनगढीको आफ्नै निवासमा पत्रकारका लागि सामाग्री हस्तान्तरण गरिएको हो । 
कोभिड १९ बाट जोगिनका लागि अति आवश्यक पर्ने मास्क र सेनिटाईजर लगाएतका सामाग्री नेतृ देउवाका सहयोगी रमेश चन्दले प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई हस्तान्तरण गरेका हुन् । सामाग्री ग्रहण गर्दै प्रेस युनियन कैलालीका अध्यक्ष देउवाले प्राप्त सामाग्री माहामारीकाबिच अग्र पंक्तिमा रहेर काम गर्ने कैलालीका सम्पुर्ण पत्रकारको पहुँचमा पुर्याउने बताए । उनले भने, ‘अहिलेको परिस्थिति ज्यान जोगाउनु र आफु सुरक्षित रहनु हो ।’ 
 
यसभन्दा अगाडी नेतृ देउवाले धनगढी उपमहानगरपालिकाद्धारा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि १० लाख र सेती प्रादेशिक अस्पतालमा बिरामीको उपचारमा प्रयोग गर्नका लागि २ थाल कन्सन्ट्रेटर  समेत सहयोग गरेकी थिईन् । 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal