अक्सिजन सिलिण्डर र मन्त्री आले : कुरै नबुझी आलोचना, राम्रो कामलाई किन राम्रो भन्न सक्दैनौँ हामी ?

KAILALI

  • एसपी सुमन
वन तथा वातावरण मन्त्री प्रेम आलेले अक्सिजन सिलिण्डरमा आफ्नो फोटो सहितको स्टिकर टाँसेको भन्दै सामाजिक सञ्जालमा ती तस्बिरहरु भाइरल भइरहेका छन् । तर सामाजिक संजालमा जति आलोचना भईरहेको छ, त्यो आलोचना नबुझी गरिएको पाइएको छ । यस्ता छन् तस्विरभित्रका खास तथ्य :
१. सिलिन्डरमा मन्त्रीको फोटो टाँसीएको हो । तर ती सिलिन्डरमा अक्सिजन मन्त्री आलेले आफ्नै खर्चमा भरेका हुन् । बिरामीलाई चाहिने अक्सिजन हो । सिलिन्डर मात्र भएर हुँदैन । उनले ती सिलिन्डरमा अक्सिजन भरेर सुदूरपश्चिमका जनताका लागि ल्याएका हुन् । अन्य नेताले यति पनि गर्ने आँट गरेका छैनन् । त्यसैले आलोचना गर्नु भन्दा पनि यो काम प्रशंसा गर्नुपर्ने हो भन्दा फरक पर्दैन । अझ जो नेताले यो फोटोको बढी आलोचना गरिरहेका छन्, ती नेताहरुले सुदूरपश्चिमका लागि यति पनि सोचेनन् भन्नेतर्फ पनि सोच्न आवश्यक छ ।
२. आलोचना गरिएझैं मन्त्री आलेले आफैंले सो तस्विर टाँस्न लगाएका होइनन् । उनका समर्थकले यसो गर्न किन पनि सुझाएका थिए र गरे भने, सुदूरमा काम एउटाले गर्ने र जस अर्कैले पाउने गरेका घटनाहरु थुप्रै छन् । सहयोग गरिसकेपछि सहयोगको जस मन्त्रीले पाउनुपर्छ भन्ने सोच्नु समर्थकको स्वाभाविक सोचाइ हो ।
३. सुदूरपश्चिममा १२५ वटा सिलिण्डर वन मन्त्रीले ल्याएका हुन् । ती मध्ये १५ वटा खाली सिलिण्डर स्वास्थ्य सेवा विभागले दिएको हो । ती सिलिन्डरमा अक्सिजन मन्त्री आलेले आफ्नै खर्चमा भरेका हुन् । बाँकी ११० मन्त्रीले आफ्नो लगानीमा सिलिण्डर खरिद गरेका हुन् । अरुले यसो गर्यो र उसो गर्यो भनेर आलोचना गर्नु अघि त्यति अरुले गरे कि गरेनन् भन्ने पनि सोच्न आवश्यक छ ।
४. मन्गृत्हरीले जिल्ला डोटीका अस्पतालमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि, सर्जिकल मास्क १ लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु शय्या, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजर लगायत छन् । आफ्ना नेताले आफुलाई गरेजति कसैले पनि नगरेको त्यहाँका स्थानीयको भनाइ छ। जनतालाई राहत दिएका मन्त्रीको फोटो राहत सामाग्रीमा टाँसीयो त के बिग्रियो ?
५. केही दिनअघि मन्त्री आलेले कोरोनाबाट मृत्यु हुनेको दाह संस्कारका लागि दाउराको कमी हुन नदिने भनेपछि त्यसको पनि निकै आलोचना भएको थियो । खोप नदिने अनि दाउराको कुरा गर्ने भनेर उनको चर्को आलोचना भएको थियो । तर खोप भनेको मन्त्री एक्लैले ल्याउने कुरा पनि होइन । पशुपतिमा दाउरासमेत नपाउँदा कति पीडा हुन्छ, त्यो भोग्नेलाई थाहा हुन्छ । यति भने त मन्त्रीले के बिगारे ?
६. सिलिन्डरकै हकमा पनि उनले डोटी अस्पताल र सेती प्रादेशिक अस्पतालका लागि १ सय १० सिलिण्डर खरिद गरेका हुन् भने बाकी १५ सिलिण्डर नेपाल सरकारको अनुदानमा आएकोमा उनले अक्सिजन भरेर वितरण गरे त के गल्ती गरे ? चीनले अनुदानमा दिएको अक्सिजन सिलिन्डर आफ्नो नाममा वितरण गरेको भन्ने कुरा अफबाह बाहेक केहि हुनै सक्दैन ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal