धनगढीका अस्पतालभरी झुटको खेती गर्ने ‘पम्पलेट’, ५ दिनमै कोरोना निको पार्ने भन्दै नागरिकलाई उल्लु बनाइदै !

Kailali

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीका विभिन्न अस्पतालहरुमा झुटको खेती गर्ने पम्प्लेटहरु भेटिएका छन् । भित्तामा ५ दिनमा कोरोना निको पार्ने ग्यारेन्टिसहित पम्प्लेट टाँसिएका हुन् । धनगढीका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुका भित्ताहरुमा आफु दुई पटक संक्रमित भएर निको भईकेको बताउने रबी चन्द्र बोहोराले भ्रामक पर्चा टाँस्दै हिँडेको भेटिएको हो ।
हस्पिटलको भित्तामा टाँसिएको उक्त पम्प्लेटमा रबी चन्द्र बोहोरा नाम गरेको एक व्यक्तिले आफुसँग कोरोना लागेको व्यक्तिलाई ५ दिनमै नेगेटभ गराउने औषधी थाहा भएको उल्लेख गरेका छन् । उक्त पम्प्लेटमा लेखिएको छ, ‘मैले ५ दिनमा नेगेटिभ गर्ने औषधी बताउँछु, बिरामी आई.सि.यु मा जानुभन्दा पहिले सम्पर्क गर्नुहोला ।’ अर्थ सरोकारमा उक्त पम्प्लेट टाँसिएको समाचार सार्वजनिक भएलगत्तै उक्त सुचना भ्रामक भएको र यसले थप चुनौती सृजना गर्नेभन्दै विभिन्न अस्पतालका चिकित्सकहरुले आपत्ति व्यक्त गरेका छन् ।
त्यस्तै धनगढीका विभिन्न अस्पतालहरुमा उक्त प्रकृतिको पम्प्लेट भेटिएको छ । प्रदेशकै रेफरल सेन्टर सेती प्रादेशिक अस्पतलको कोरोना परिक्षण भवनको बाहिर लगाएत बजारका विभिन्न अस्पतालसँगै सार्वजनिक ठाउँहरुमा उक्त पम्प्लेट भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal