माया मेट्रो हस्पिटलको भित्तामा अनौठो पम्प्लेट, ५ दिनमा कोरोना निको पार्ने ग्यारेन्टी !

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढीको माया मेट्रो हस्पिटलको भित्तामा अनौठो पम्प्लेट भेटिएको छ । धनगढीको मोहोना अत्तरिया ६ लेन सडकमा रहेको माया मेट्रो हस्पिटलको भित्तामा ५ दिनमा कोरोना निको पार्ने ग्यारेन्टिसहित पम्प्लेट टाँसिएको हो ।
हस्पिटलको भित्तामा टाँसिएको उक्त पम्प्लेटमा रबी चन्द्र बोहोरा नाम गरेको एक व्यक्तिले आफुसँग कोरोना लागेको व्यक्तिलाई ५ दिनमै नेगेटभ गराउने औषधी थाहा भएको उल्लेख गरेका छन् । उक्त पम्प्लेटमा लेखिएको छ, मैले ५ दिनमा नेगेटिभ गर्ने औषधी बताउँछु, बिरामी आई.सि.यु मा जानुभन्दा पहिले सम्पर्क गर्नुहोला । यस विषयमा अस्पतालका सम्बन्धित व्यक्ति डा. मोहन साउँदलाई सम्पर्क गर्दा आफुलाई उक्त विषयमा कुनैपनि जानकारी नभएको बताए ।
पम्प्लेटमा लेखिएको विषयमा बुझ्न हामीले उक्त फोन नम्बरमा सम्पर्क गर्दा आफुलाई कोरोनाको भाइरसलाई निर्मुल पार्ने औषधि थाहा भएको बताए । उनले भने, ‘मलाई फोन गरियो भने म घरमै तयार पार्ने जडिबुटीका बारेमा जानकारी दिन्छु, जसले कोरोना लागेको व्यक्ति पुर्ण रुपमा निको हुन्छ ।’ त्यस्तै उनले थपे, ‘म सँग सुझाव लिएको कुनैपनि शूल्क तिर्नुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal