किसान सहकारीले गर्यो टीकापुर अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग, यस्तो छ आगामी योजना !

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । किसान बहुउद्धेश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले अस्पताललाई १०० वटा अक्सिजन सिलिण्डर रिफिल गरेर हस्तान्तरण गरेको हो ।   

सोमबार अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेको संस्थाका संचालक समिति सदस्य सरोज कुमार शाहले बताए । किसान सहकारीले कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टबाट प्रताडित बिरमीहरुलाई सहज अक्सिजन आपुर्तिका लागि किसान अक्सीजन बैंक सन्चालनमा ल्याई उक्त बैंक मार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपुर्ति गर्दै आएको सन्चालक सदस्य सरोज कुमार शाहले बताए । सोमबार सम्म टीकापुर अस्पताललमा अक्सिजन आवश्यकता भएका ३२ जना कोभिडका बिरामीहरुको उपचार भईरहेको अस्पतालले जनाएको छ । 

सहकारी संस्थाले संचालन गरेको अक्सीजन बैंकले यस अघि लम्की अस्पताललाई १५० थान रिफिल सिलिन्डर उपलब्ध गराई सकेको छ । स्थानिय अस्पतालहरुमा सिलिन्डर अभाव हुननदिन संस्थाले अन्य संस्थासंगको सहकार्यमा खाली सिलिन्डर खरिद प्रक्रिया अघि बढाएको संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal