कोराना कहरमा बैंकिङ सेवाः कुन बैंकको एटिएम सुरक्षित, कुन बैंकको एटिएम सुरक्षा झुर ? (फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोराना कहरकाबीचमा अति आवश्यक मनिने बैंकिङ सेवामा पनि केहि बैंकहरुले लापरवाही गरेको पाइएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञामा बैंकिङ सेवालाई वर्गिकरण गरि निश्चित समयका लागि सञ्चालन गर्ने र निरन्तर रुपमा संचालन गरिने एटिएम सेवा संचालन गर्ने गरि निर्देशन समेत जारी गरेको अवस्थामा केही बैंकले भने लापरवाही गरेको पाइएको हो ।
अर्थ सरोकारले गरेको धनगढीमा रहेका बैंकहरुको एटिएम निरिक्षणका क्रममा प्राय बैंकहरुले एटिएममा सुरक्षा व्यवस्था पुर्ण रुपमा मिलाएको पाइएको छ । त्यस्तै केही बैंकले भने सेवा संचालन गरेको भएतापनि सतर्कता भने अपनाएका छैनन् । कोरोनाकालमा प्रशासनले जारी गरेको निर्देशन र बैंकर्स संघ सुदूरपश्चिम प्रदेश समितीले जारी गरेको नयाँ कार्यतालिका अनुसार बैंकको सेवा निश्चित गरिनुका साथै एटिएम बुथको हकमा ढोका अनिवार्य खुल्ला राख्नुपर्ने र सेनिटाईजरको व्यवस्था गर्नुपर्ने भनि निर्णय गरेको बैंकर्स संघ सुदूरपश्चिम प्रदेश समिती अध्यक्ष विरुराम जैशीले बताएका छन् ।
धनगढीमा रहेका बैंकहरुको एटिएम बुथमा अर्थ सरोकारले गरेको निगरानीका क्रममा नेपाल एसबिआई बैंकले लापरवाही गरेको पाइएको छ । बैंकर्स संघको निर्णय उल्लंघन गर्नुका साथै उक्त बैंकले एटिएम बुथमा सेनिटाईजर समेत नराखेको पाइएको हो । यस्तो किन ? भनि गरिएको प्रश्नमा बैंकका गार्डले भने, ‘बैंकबाट जे निर्देशन आयो हामीले त्यहि गरेका छौँ ।’ त्यस्तै बैंक अफ काठमान्डौले पनि नियमको उल्लंघन गरेको पाइएको छ । बाँकी फोटोमा हेर्नुहोस्ः














प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal