लकडाउन होस् त यस्तो ! १० तस्विरमा हेर्नुहोस्, शनिबारीय धनगढी…(फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोनाको दोस्रो लहर सुरु भएसँगै कैलाली जिल्लाभर जारी गरिएको निषेधाज्ञामा क्रमशः कडाई गरिएको छ । संक्रमणको दर दिनप्रतिदिन बढ्न थालेपछि कैलालीमा पनि गत बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर निरन्तर बढेसँगै लम्ब्याईएको निषेधाज्ञामा कडाई गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ६ गतेसम्मका लागि लम्ब्याएको निषेधाज्ञामा बिना काममा हिँडडुल गर्नेहरुलाई सडकमै कारवाही गर्दै आइएको छ । हप्ताको ३ दिन अत्यावश्यक कामका लागि पसलहरु खोल्न पाउनेगरी निर्देशन जारी गरिएको छ । प्रशासनको निर्देशनसँगै शनिबार धनगढी बजार सुनसान प्राय बनेको छ । प्रहरीको चेकिङ्गमा पनि कडाई गरिएको छ भने नागरिकले पनि निषेधाज्ञालाई समर्थन गरेको पाइएको छ । बाँकी फोटोमा हेर्नुहोस्ः










प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal