हामी आयौं- ‘सुदूरपश्चिम प्रदेश संस्करण लिएर…’

देशमा एकात्मक राज्य प्रणाली हुँदा, बर्षौंसम्म ‘दूरी’लाई दोष दिएर सरकारले सुदूरपश्चिमलाई सधैं पक्षपात गरिरह्यो । देश संगीयतामा गएसँगै घरघरमा सिंहदरबार पुग्छ भन्ने धेरैको अपेक्षा थियो । सुदूरका जनताले पनि सुख पाउने दिन आयो भन्ने उत्साह थियो धेरैमा । तर आजको दिनसम्म आइपुग्दा जनताले बुझिसके- ‘मात्र व्यवस्था बदलिएछ देशमा । अझै पनि जनताको अवस्था बदलिएको छैन ।’ जनताको अवस्थामा कुनै पनि प्रगति नआउँदा, अहँ ! संघीयताको महसुस जनतामा छैन । ठुलाठालुहरुले सुदूरको बिकटतालाई ‘मागी खाने भाँडो’ बनाइरहेका छन् । सुदूरपश्चिममा भ्रष्टाचार मौलाएको तथ्य घामजस्तै छर्लंग छ । र त जनताहरु भनिरहेका छन् – ‘सूर्य पनि अस्ताउन मात्र आउँछन् हाम्रो सुदूरपश्चिममा ।’
अर्कोतर्फ सुदूर सम्भावनाको खानी हो । व्यापारिक ‘हब’ हो । सुदूरको सम्भावनालाई बुझ्ने हो भने सुदूर समृद्धिको अथाह भण्डार हो । सुदूरपश्चिम सुन्दर र बलियो अर्थतन्त्रको अझ सुन्दर स्वरूप हो । अहिले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्साको दाबी गर्छ सुदूरपश्चिम प्रदेश । सुदूरपश्चिमको योगदान पनि उस्तै गज्जबको छ समग्र देशको आर्थिक समृद्धिका खातिर ।
हो, हामी समृद्ध सुदूरपश्चिमको यात्रामा खबरदारीसहितको खबरकर्म गर्न चाहान्छौं । सुदुरको बिकटताभित्रका अनेक समस्या, सुदूरमा हुने भ्रष्टाचार, अनियमितताबारे जनतालाई थप छर्लंग पार्न चाहान्छौं । हो, हामी सुदूरपश्चिमका सम्भावनालाई सम्मान गर्दै समृद्ध सुदुरपश्चिमका लागि केहि योगदान दिने संचारमाध्यम बन्न चाहान्छौं । र त्यसैका लागि हाम्रो निरन्तर खबरकर्मी जारी छ, र जारी रहनेछ ।
यसो त नेपालको आर्थिक क्षेत्रको अग्रणी समाचारमध्यम अर्थ सरोकारले सुदूरपश्चिम प्रदेशका गतिविधिहरुलाई पहिलादेखि नै प्राथमिकता दिंदै आएको थियो । साप्ताहिक रुपमा हामीले ‘मिसन सुदूरपश्चिम’नामक कार्यक्रममार्फत सुदूरपश्चिमको समृद्धिका खातिर मिडिया मिसन चलाईनै रहेका थियौं । र यो मिसन थप सशक्त बबनाएर अव थप दृढताका साथ अगाडी बढाउने प्रयास गरिरहेका छौं ।
अव सुदूरपश्चिमका हरेक आर्थिक गतिविधिमाथि हामी सुक्ष्म नजर राख्नेछौं । सुदूरपश्चिमको आर्थिक नगरी धनगढीमा कार्यालय रहेको अर्थ सरोकार सुदूरपश्चिम ब्युरोले पूरै सुदूरपश्चिम प्रदेशभर रहेका हाम्रा प्रतिनिधिहरुको सहकार्यमा हामी सुदूरपश्चिमका हरेक आर्थिक गतिविधिलाई हाम्रा स्रोता, पाठक र दर्शकसमक्ष ल्याउनेछ ।
यो बीचमा हामीलाई तपाईंहरुको सहयोग र साथको खाँचो छ । बलियो अर्थतन्त्रसहितको सुदूरपश्चिमका खातिर हामीले गरिरहेको खबरकर्ममा तपाईं दर्शक, स्रोता, पाठक, विज्ञापनदाता र अन्य शुभचिन्तकहरुको साथ, सहयोग र मायाको अपेक्षा गरेका छौं ।
हामी हाम्रो खबरकर्ममा कहिले पनि हार्नेछैनौं, कहिले पनि थाक्नेछैनौं । कि त जित्नेछौं, कि त सिक्नेछौं !! 
सुदूरपश्चिम प्रदेशबाट संचालिन हुनेगरी नेपालको पहिलो ‘आर्थिक प्रदेश पोर्टल’ तपाईं गौरवान्वित छौं !! 
जय सुदूरपश्चिम !!
-सुरज प्याकुरेल
प्रधान सम्पादक, अर्थ सरोकार डटकम

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal