संकटका बेला रोयल कोल्याबोरेटिभ्सको ‘रोयल’ काम, दैलोमा पुग्नेगरी ल्यायो ‘आकस्मिक एम्बुलेन्स सेवा’, कसरी गर्ने खबर ?

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणकाबीच धनगढीमा आकस्मिक एम्बुलेन्स सेवा संचालनमा आएको छ । रोयल कोल्याबोरेटिभ्स र उपमहानगरपालिकाको समन्वयमा आकस्मिक एम्बुलेन्स सेवा (अटो एम्बुलेन्स) संचालनमा आएको हो ।
६ वटा अटोरिक्सा, एक र एक पिकअप भ्यान र एम्बुलेन्सलाई प्रयोग गरेर आकस्मिक एम्बुलेन्स सेवा संचालन गरेको रोयल कोल्याबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाहीले बताए । ‘संकटको परिस्थितिमा नागरिकलाई सहयोग होस् भन्ने उद्धेश्यले यो अभियान थालेका हौँ’, अध्यक्ष शाहीले भने, ‘आकस्मिक एम्बुलेन्स सेवा मात्र होईन कोभिड केन्द्रित थुप्रै अभियानहरु संचालन गरेका छौँ ।’ त्यस्तै अभियानमा संलग्न अटो चालकहरुलाई स्वास्थ्य मापदण्डको व्यवस्थापनि संस्थाले गरेको उनले बताए ।
आर्थिक अवस्था सबल भएकाले शुल्क तिर्ने र अवस्था कमजोर भएकाहरुको जिम्मा संस्थाले लिने संस्थाका अध्यक्ष गजेन्द्र शाहीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा गर्न पाउँदा चालकहरुपनि खुशी देखिन्छन् । आवश्यक परेको समयमा बिरामीले धनगढीका लागि (९८०४६५५२९० (कमल प्रताप मल्ल), ९८१०२०१५६५ (मनोज चौधरी) र अन्य क्षेत्रका लागि ९८१२६५४०९९ (रिक्त मगर), ९८१४६४१०८२ (बाबुराम पौडेल), ९८२३५२६२८४ (बालकृष्ण चौधरी) र ९८१८४७८३३० (सुरेन्द्र सिंह) को नम्बरमा सम्पर्क गर्न सक्नेछन् । बाँकी फोटोमा हेर्नुहोस्ः











प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal