धनगढीमा परिश्रमी बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना, संचालक भन्छन्, ‘कोरियामा सिकेको सिप र कमाईको सदुपयोग गछौँ’

KAILALI

  • कुलराज चौधरी
धनगढी । धनगढीमा परिश्रमी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा सहकारी मन्त्रालयका रजिस्ट्रार गोकुल बोहराले सहकारीको उद्घाटन गरेका हुन् ।
सुदूरपश्चिमबाट कोरियामा काम गर्न गएका युवा र कोरियाबाट स्वदेश फर्किएका युवाहरुको सहकार्यमा उक्त संस्था सञ्चालनमा ल्याईएको हो । कोरियामा काम गरेर सिकेको सीप र कमाईलाई स्वदेशमै सदुपयोग गर्ने लक्ष्यसहित युवाहरूले सहकारी खोलिएको सहकारीका अध्यक्ष धर्मराज जोशीले बताए ।
पहिलो चरणमा कोरियामा काम गरेका २ हजार युवालाई १ लाख रकमका दरले शेयर दिएर २० करोड रकम निक्षेप गर्ने सहकारीको योजना रहेको छ । उक्त सञ्चय रकमबाट कोरियाबाट फर्केका युवालाई सहुलियतमा ऋण प्रदान गरि युवाहरूले उत्पादन गरेको बस्तुलाई सहकारीले खरिद गरेर बजारसम्म पुर्याउने र उनिहरुलाई ब्यवसायमा सक्षम बनाउने सहकारीको योजना रहेको उनले बताए ।
  अबको दिनमा सहकारी सन्चालनमा आएपछि कोरियाबाट फर्केका युवाले स्वदेशमा के गर्ने कसरी गर्ने भनेर सोच्नु पनि नपर्ने उनले बताए । उद्घाटन कार्यक्रमका सभापति उत्त सहकारीका अध्यक्ष धर्मराज जोशी रहेका थिए । भने बिशिष्ट अतिथि उद्योग बाणिज्य संघ कैलालीका सचिव सिद्धराज पनेरु र कैलाली सहकारीका पुर्व अध्यक्ष रहेका थिए । यस्तै विभिन्न सहकारीका प्रतिनिधि,अन्य ब्यक्तित्व लगायत कोरियाबाट फर्किएका युवाहरू सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal