भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाखको लागतमा प्रहरी चौकी भवन निर्माण

KANCHANPUR

कञ्चनपुर । कृष्णपुर नगरपालिका(२ वाणीमा अस्थायी प्रहरी पोष्ट ९प्रहरी चौकी०को पक्की भवन निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २० लाख रुपैयाँको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको हो । प्रतिष्ठा निर्माण सेवा प्रालिले ठेक्का सम्झौताअनुसार पाँच महिनाको अवधिमै भवन निर्माण पूरा गरेको छ । निर्माण गरिएको भवनमा कार्यालय कक्ष, ब्यारेक, शौचालय, स्नान घरलगायत छन् ।
सुदूरपश्चि प्रदेशसभा सदस्य महेशदत्त जोशीले भवन निर्माणपछि प्रहरीलाई शान्ति, सुरक्षा कायम गर्न सहज भएको बताउनुभयो । प्रदेशसभा सदस्य जोशीले स्थायी प्रहरी चौकी स्थापनाका लागि स्तरवृद्धि गर्न सम्बन्धित निकायमा पहल गरिने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पक्की भवन निर्माण भएपछि स्तरीय सेवा दिन सहज भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal