अक्सिजन लुकाएर कालोबजारी गर्ने अमित मेडिसिनमा छापा, ‘माहामारीमा लुट गर्नेलाई छुट हुन्न…!’

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । यतिबेला देश कोरोना माहामारीको चपेटाबाट गुज्रिरहेको छ । यहि बेलामा बढ्दो संक्रमितको संख्यासँगै अस्पतालहरुमा बेड तथा अक्सिजनको चरम अभाव भएको छ । यहीबीच अक्सिजनको कालोबजारी गरेको भन्ने सूचनाको आधारमा धनगढीको अमित मेडिसिन डिस्ट्रिब्युटर्सको गोदाममा छापा हानिएको छ । छापा हान्ने दौरानमा गोदाममा भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ । धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको हो ।
अमित मेडिसिन डिस्ट्रिब्युटर्स नजिकै रहेको निजी अस्पतालमा उपचाररत एक बिरामीका आफन्तले दिएको सूचनाका आधारमा गोदाममा छापा हानेका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने, यस्तो माहामारीको बेलामा लुट लुट गर्नेलाई छुट हुँदैन ।ु
बुधबारसम्म ६ सय ५० सिलिन्डर लुकाएको गुनासो आएको थियो । बिहान छापा हान्दा ६१ मात्रै फेला परेको बताउँदै बाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुनले कागजात हेर्दा बिक्री गरेको, चलान गरेको कुनै पनि रेकर्ड नभेटिएको बताए । उनले भने, अमित मेडिसिनका सञ्चालक दुश्यन्त बस्नेतले कुनै पनि कागजात पेस गरेका छैनन् ।ु अनुगमन टोलीले साउनयता सिलिन्डर किनेको, बिक्रि गरेको विल, चलानसहितका कागजात ३ दिनभीत्र पेश गर्न बन्नेतलाई निर्देशन दिएको छ ।
बस्नेतले डल्केबर ग्यास उद्योगबाट केही दिनयता २ सय ५० सिलिन्डर किनेको स्वीकार गरेका छन । उनले २५ हजारका दरले किनिएका अक्सिजन भरिएका सिलिन्डर बजारमा ४० हजारमा बिक्री गरिरहेको खुलेको छ । डडेलधुराको अमरगढी नगरपालिकालाई उनले ४० हजारमा सिलिन्डर जति पनि किन्न सकिने बताएको स्रोतले जनाएको छ । बस्नेतले आफुले सरकारी अस्पताललाई सिलिन्डर सप्लाई गर्ने गरेकाले यती मात्रामा गोदाममा राखेको जनाएका छन् । उनले भने, ‘म अक्सिजनका सिलिन्डर पनि विक्रि गर्छु, त्यसैका लागि मगाएको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal