Exclusive : कोरोना अस्पतालमा हदैसम्मको लापरवाही ! संक्रमितलाई छोएर आएका नर्श नै लगाउँदैनन् मास्क…!

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको अस्थाई कोरोना अस्पताल पछिल्लो समय असुरक्षित बन्दै गएको छ । अस्पतालमा कोरोनाका संक्रिय संक्रमितको उपचार गरिन्छ भने उपचारका लागि अस्पतालले चिकित्सक तथा नर्सलाई सिफ्टका आधारमा खटाइएको छ । तर पछिल्ला दिनमा सामान्य नजरले पनि उक्त अस्पताल र वरिपरीको समुदाय संक्रमणको उच्च जोखिममा छ भन्ने प्रष्ट देखिन्छ ।

अस्थाई कोरोना अस्पताल प्रवेशद्धारमै हात धुनका लागि ट्याङ्किसहितको व्यवस्था गरिएको छ तर प्रयोग भने गरिएको छैन । अर्थ सरोकारको टिम उक्त क्षेत्रमा पुगेर हेर्दा संक्रमित र भेट्न आउनेहरुबीच पनि दुरीसँगै सुरक्षाका मापदण्ड अपनाइएको देखिएन । पर्खालको पारी पट्टी संक्रमित उभिएका थिए भने वारी मास्कको प्रयोगबीनै भेट्न आउनेहरु देखिन्थे । त्यतिमात्रै नभएर संक्रमितको उपचारमा खटिएका नर्सहरुले पनि अति आवस्यक मास्कको प्रयोग गरेका थिएनन् । यसरी स्वयमं आफै संक्रमित हुने डर त रह्यो संक्रमण समुदायस्तरमा फैलिने जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटोमा हेर्नुहोस्ः







प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal