यसपाली समयमै सकिदै रोपाई, किसान भन्छन्, ‘उत्पादन बढी हुनेमा विश्वस्त छौँ !’

KAILALI
  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बर्खायाम सुरु भएसँगै थालिएको रोपाई यस वर्ष समयमै सकिने भएको छ । अहिले रेपाईको अन्तिम चरणमा कैलालीका किसान व्यस्त छन् । सयममै मल पाएको र समयमै भएको वर्षाका कारण उनिहरु यसवर्ष गतवर्षको भन्द धेरै उत्पादन हुने कुरामा विश्वस्त बनेका छन् ।
कोरोना माहामारीका कारण अहिले भारत लगाएत तेस्रो मुलुकमा रोजगारीको शिलशिलामा पुगेका थुप्रै नेपालीहरु स्वदेश फर्किएका छन् । रोपाईका लागि चाहिने जनशक्ति गाउँमै भएका कारण यसवर्ष रोपाईको काम पनि समयमै सकिने देखिएको छ । गतवर्ष भारतबाट ल्याएको धानको बिउले प्रयाप्त उत्पादन नदिएको बताउँदै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का स्थानिय आशिष पोखरेलले यस वर्ष भने नेपालमै उत्पादन भएको सिल्की धान लगाएको बताएका छन् ।

कोरोना माहामारीका कारण शहरबाट गाउँ फर्किएका भुवनलाल विकले खान लगाउन तथा परिवर पाल्नकै लागि अहिले खेती किसानीमा व्यस्त हुनपरेको बताएका छन् । उनले भने, ‘लामो समयसम्मको बन्दाबन्दीका कारण सरकार तथा सम्बन्धित निकायबाट सोचेजति सहयोग पाइएन ।’ गतवर्षको तुलनामा यसवर्ष रोपाई पनि समयमै सकिएको र मलको अभाव पनि नरहेको बताउँदै उनले उत्पादन बढी हुनेपनि बताएका छन् ।
कोरोना माहामारीबाट विश्व आक्रान्त बनेका बेला कृषिप्रधान देश मानिउको नेपाल पनि अछुतो रहेन । माहामारीकै कारण खेती किसानीको समयमा किसान लक्षित योजनाहरु प्रत्यक्ष किसानसम्म पुग्न नसकेको किसानहरुको गुनासो छ । खस्किदै गएको अर्थतन्त्र र बिग्रिदै गएको कृषि प्रणाली प्रति समयमै राज्यको ध्यान जान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal