असारे चटारोमा नाला खन्दा बाटै पुरियो, वडा अध्यक्ष भन्छन्, ‘जानकारी नै छैन…’

KAILALI

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । आर्थिक वर्षको समाप्ति नजिकिएसँगै धनगढीमा असारे विकासको चटारो चलेको छ । एकातिर ढिला गरि थालिएका निर्माणका काम अर्कोतिर समयमा सम्पन्न नहुँदा स्थानियबासी मर्कामा पर्न थालेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ डि गाउँमा निर्माणाधिन अवस्थामा रहेको नाला निर्माणको काम यतिबेला ठप्प हुँदा स्थानिय नागरिकले समस्यामा परेको गुनासो गरेका छन् ।
आर्थिक वर्षको अन्त्य र बर्खायामको सुरुवातमै निर्माण सुरु गरिएको उक्त नालाको काम अहिले ठप्प छ । निर्माण सुरु भएको केही दिनमा आधा काम नसकिदै निर्माण रोकिँदा झण्डै १५ देखी २० परिवारहरुलाई आवातजावत गर्न नै मुस्किल भएको स्थानियले गुनासो गरेका छन् । नालाको काम आधामै रोकिँदा हिँडडुल गर्न समस्या हुनुका साथै बर्खामा पानी जम्दा बालबालिकाका लागि जोखिम बढेको स्थानिय देवी कुमारी सुनारले बताईन् ।

नाला निर्माणको काम समयमा सम्पन्न नहुँदा सास्ती भोग्नुपरेको कृष्ण लामिछानेले गुनासो गरेका छन् । उनले भने, ‘नाला निर्माण गर्दा निस्किएको माटो व्यवस्थापनका विषयमा पुर्वयोजना नहूँदा बर्खामा समस्या भएको छ ।’ गाडी मोटर चलाउनका लागी ठाउँ नभएको र भएको बाटो पनि अवरुद्ध भएको बताउँदै उहाँले मर्दाको मलामी जानपनि समस्या भएको उनले बताएका छन् ।
बर्खामा भएको विकास, त्यसमा पनि अव्यवस्थित योजनाले दैनिकीमै समस्या परेको छुट्की चौधरीले बताएकी छिन् । ‘बाटोको हरिबिजोगका कारण वैकल्पिक बाटोको प्रयोग गरेका छौँ’, उनले भनिन्, ‘त्यो पनि निकै खर्चिलो र जोखिमयुक्त हुनेगरेको छ ।’ उनले थपिन्, ‘बाटो खराब भएकै कारण बिरामी लैजाँदा उल्टै एकजनाको औँला भाँच्चिएको छ ।’

उक्त विषयमा धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष रामबजारी थारुलाई बुझ्दा उक्त निर्माणको कामका लागी आफु र वडासँग कसैले पनि समन्वय नगरेको र उक्त विषयमा केही थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal