धनगढीले ल्यायो १ अर्ब ८१ करोडको बजेट, कस्तो छ यसपालीको नीति तथा कार्यक्रम ?

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । धनगढी उप-महानगरपालिकाले आर्थिक बर्ष २०७८/७९ का लागी निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक बर्षका लागी १ अर्ब ८१ करोड २८ लाख २२ हजार १ सय ३ रुपयाँको बजेट प्रस्तुत गरेको छ । आज बसेको सातौँ नगसभाको बैठकमा उप महानगरपालिकाकी उप प्रमुख शुशिला मिश्र भट्टले सो बजेट प्रस्तुत गरेकी हुन् ।
सो बजेटको चालु तर्फ १ अर्ब २ करोड ८० लाख ७० हजार तथा पुंजिगत तर्फ ७८ करोड ४७ लाख ५१ हजार बजेट नगरसभामा उप प्रमुख भट्टले प्रस्तुत गरेकी हुन् । बजेटको आन्तरिक आय तर्फ ४० करोड ७९ लाख ९० हजार, बित्तिय समानिकरणबाट ३१ करोड ४८ लाख, सर्शत अनुदानबाट चालु तर्फ ४८ करोड ८७ लाख तथा पुंजिगत तर्फ ५ करोड ४ लाख बजेट प्रस्तुत भएको छ । 
यस्तै संघिय सरकारबाट बिषेश अनुदान १ करोड ८७ लाख, संघबाट राजश्व बाँडफाँड १८ करोड ६२ लाख ९१ हजार १ सय ३, संघिय समपुरक अनुदान १ करोड ९ लाख प्राप्त हुने प्रस्तावित बजेट नगरसभामा प्रस्तुत भएको हो । यस्तै प्रदेश सरकार समपुरक कोष ३ करोड ४४ लाख ९१ हजार, प्रदेश बिषेश अनुदान ७५ लाख, प्रदेश सरकार बित्तिय समानिकरण २ करोड ३० लाख ६८ हजार, प्रदेश सरकार राजश्व बाँडफाँड तर्फ २६ करोड ९९ लाख ८२ हजार गरी कुल १ अर्ब ८१ करोड २८ लाख २२ हजार १ सय ३ रुपयाँको बजेट उप प्रमुख भट्टले नगरसभामा प्रस्तुत गरेकी हुन् ।
कोभिड १९ बाट श्रृजित समस्या ब्यवस्थापन, स्वास्थ्य सरसफाई, स्वास्थ्य तथा मानव सामथ्र्य बिकास, कृषी उत्पादन र उत्पादकत्व अभिबृद्धी, शिक्षा र रोजगारी, पुर्वाधार निर्माण तथा दिगो बिकास, सुचना प्रबिधि तथा सञ्चारमा बिकास जस्ता बिषयलाई कार्यक्रममा प्रार्थमिकता दिइएको छ । यस्तै उद्यम, स्वरोजगारी र सहकारीताको बिकास, मानव संसाधन तथा संस्थागत सुशासन, सामाजिक बिकास र गरिबि निवारण, संस्कृती तथा पर्यटन प्रबद्र्धन लगायतका बिषयहरुलाई निति कार्यक्रम तथा बजेटमा समाबेश गरिएको छ ।
कोभिडका कारण बजेट कार्यान्वयनमा चुनौती आएको भन्दै उप महानगरपालिकाले अब कार्यान्वयनमा बढी जोड दिने दावी गरेको छ । जनताको आवश्यक्ताका आधारमा निति कार्यक्रम तथा बजेट ल्याएको दावी गर्दै उप महानगरपालिकाका मेयर नृप बहादूर वडले आउने आर्थिक बर्षको शुरुबाटै कार्यक्रमलाई कार्यान्वयन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal