माछाले धानेको थारुको जीवन…न विकल्प छ, न हुन्छ बिकास…(फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । बाँच्नु मात्रै सबैथोक पक्कै होईन । बाँच्नका लागि हरेक पल मानवजिवनमा कयौँ कसरत र मिहेनत गर्नुपर्छ । चार जात छत्तिस वर्णको साझा फुलवारी हाम्रो देश नेपालमा फरक फरक जात, धर्म र संस्कृतिका नागरिकहरुको बसोबास रहेको छ । फरक परिवेश र फरक पहिचानसँगै जिविको चलाउनका लागि अंगालेका पेशा र काम पनि फरक फरक देखिन्छन् । अझ तराई क्षेत्रमा अत्याधिक बाहुल्यता रहेका थारु समुदायको दैनिकी झनै बेग्लै छ ।
तराईका विशेष गरी कैलाली-कञ्चनपुरमा अधिकांश थारु समुदायका महिलाहरु कााँधमा ‘तापी’ (माछा मार्ने जाल) र कम्मरमा ‘डिलिया’ (माछा राख्ने भाँडो) लिएर खोलाहरुमा देखिन्छन् । थारु समुदायमा पहिलेदेखी नै यसरी माछा मार्ने चलन रहिआएको उनिहरु बताउँछन् । कतिपय थारु समुदायका परिवारले त माछा मारेरै जिविको चलाउने गर्दछन् । यसरी मारेको माछा कतिपयले टिना (तरकारी) बनाए खान्छन् भने कतिपयले सुकाएर बेच्ने गर्दछन् ।
अझैपनि थारु समुदाय पिछडिएको तर्क थारु अगुवाहरुले ने गरिरहेका छन् । तर पनि सरकारले यि समुदायलाई विकल्प दिन नसक्दा र प्रविधिको पहुँच नहुँदा उहि परम्परालाई आत्मसाथ गर्दै आएका छन् ।  कोरोना माहामारी र जारी निशेधाज्ञाका बीचपनि कैलालीका थारु समुदायका महिलाहरु यसरी नै माछा मार्दै गरेको देखिन्छन् । बाँकी फोटोमा हेर्नुहोस्ः









प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal