कोरोनाकालमा नाकाबाट ‘अवैध’ ओहोरदोहोर, सामानसँगै कोरोना आउने पीर !

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कोरोना माहामारीकाबीच भारतसँग सिमाना जोडिएका क्षेत्रहरु उच्च जोखिममा छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १२, १८ र कैलारी गाउँपालिका झनै उच्च जोखिममा छन् । निषेधाज्ञाको समयमा अवैध नाका भएर अवैध रुपमा नागरिकको आवतजावत हुन थालेपछी जोखिम झनै बढेको हो ।
बिहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा अवैध नाका भएर सिमापारी वारपार गर्ने झण्डै १५ जनालाई सामानसहित होल्ड गरिएको छ । नाकाबाट अवैध रुपमा सामान ल्याउँदै गरेका उनिहरुलाई होल्ड गरी वडा अध्यक्षको रहोबरमा एकपटकका लागि सम्झाईबुझाई गरि छोडिएको सशस्त्र प्रहरी बल बिओपि फुलवारीका सशस्त्र प्रहरी निरिक्षक देव सिंहले बताए । उनले भने, ‘पहिलो पटक भएकोले छोडेका हौँ उक्त गल्ति दोहोरिएमा संक्रामक रोग ऐन अनुसार कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal