लकडाउनमा धनगढीका ४ मुख्य समस्याः व्यापार शुन्य हुँदा खाली हुँदै सटर, मजदुरी गर्नेलाई छाक टार्नै मुस्किल ! (फोटो-कथा)

KAILALI

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । यतिबेला देशभर निषेधाज्ञा गरिएको छ । कोभिड १९ संक्रमणको चेक बे्रकका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाबीच दिनप्रतिदिन विभिन्न समस्याहरु आइपर्न थालेका छन् । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीपनि पछिल्लो लामै समयदेखी निषेधाज्ञामा छ । निषेधाज्ञाकाबीच यहाँपनि विभिन्न नागरिकका विभिन्न समस्याहरु बाहिर देखिन थालेका छन् । जसमध्ये धनगढीमा देखिएका ४ मुख्य समस्या यस्ता छन्ः
१.व्यापार शुन्य हुँदा खाली हुँदै सटरः लामो समयदेखी निषेधाज्ञाको चपेटामा परेका व्यापारीहरु अहिले गर्दै गरेको व्यवसायबाट पलायन हुन थालेका छन् । सञ्चालन गर्दै आईरहेको व्यापार बन्द छन् भने आम्दानी शुन्य । जसका कारण अहिले धनगढी बजारमै अधिकांश सटरहरु खाली भएका छन् र टु लेटका बोर्ड टाँसिएका देखिन्छन् ।
२.मजदुर वर्गलाई छाक टार्नै मुस्किलः कोरोना माहामारीको संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञामा गरिखाने मजदुर वर्ग सबैभन्दा ठूलो समस्यामा परेका छन् । दैनिक ज्यालादारीकै भरमा जिविको चलाउँदै आएका वर्गहरु अहिले निकै मुस्किल परिस्थितिमा रहेका छन् । मजदुरी गर्न नपाउँदा आम्दानी नहुने र आम्दानी नभएपछि परिवार चलाउनै मुस्किलमा परेका छन् ।
३.निर्माणकार्य रोकिदा पछाडी धकेलियो विकासः कोरोना महामारीकाबीच जारी गरिएको निषेधाज्ञाका कारण अहिले धनगढीमा विकास निर्माणका काम पनि ठप्प छन् । केही योजनाहरु सञ्चालनमा रहेको भएतापनि प्राय अधिकांस आयोजनाहरु निषेधाज्ञा खुल्ने दिनको प्रतिक्षामा छन् । जसका कारण धनगढीको विकास केहि समय पछाडी धकेलिने आंकलन गरिएको छ ।
४.सवारी साधन नचल्दा आवतजावत गर्न बिरामीलाई समस्याः निषेधाज्ञाका कारण अहिले अतिआवश्यक बाहेकका सबै सेवा बन्द छन् । प्रदेशकै अस्थाई राजधानी र सुविधा सम्पन्न अस्पतालहरु यहीँ भएकोले पनि प्रदेशभरका विभिन्न जिल्लाबाट उपचारका लागि नागरिकहरु यहाँ पुग्ने गर्दछन् । तर निषेधाज्ञाका कारण सवारी साधनको सहज पहुँच नहुँदा उपचारका लागि धनगढी पुग्ने बिरामीहरु समस्यामा परेका छन् ।
बाँकी फोटो फिचरमा हेर्नुहोस्ः









प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal