![KAILALI](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B05.jpg)
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठकमा सांसदहरु सुतेका देखिएका छन् । आईतबार प्रदेश सरकारको आठौँ अधिवेशनको १८ औँ बैठकको समयमा कोही सुतेका देखिएका छन् भने कोही मोबाईल चलाउनमा व्यस्त देखिएका छन् ।
जन सरोकार समस्या तथा सवालमा बहस गर्ने थलोका रुपमा चिनिएको प्रदेश सभा चलिरहेकै बेला सांसदहरु आफ्नै सुरमा व्यस्त बनेका देखिन्छन् । आईतबार भएको प्रदेश सभा बैठकमा उपस्थित माननीयहरुमध्ये कोही निद्रामा मस्त रहेका देखिएका छन भने कोही माननीयहरु फोनमा व्यस्त हुने गरेका छन् ।
जबकी बैठक चलिरहेका बेला मोबाईल फोनको प्रयोगमा पुर्णतया बन्देज लगाईएको छ । फोटोमा हेर्नुहोस् मर्यादित क्षेत्रमा सांसदहरुको अमर्यादित गतिविधिः
![](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B01.jpg)
![](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B02.jpg)
![](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B03.jpg)
![](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B04.jpg)
![](https://sudur.arthasarokar.com/wp-content/uploads/2021/06/pradesh2Bsava2B05-1.jpg)