संसद भवनमा चिच्याउनेले जनताका चित्कार नसुनेपछि, दैनिक देश छोड्दै हजारौँ नागरिक…! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कोरोना संक्रमणको दर केहि कम भएसँगै भारतिय नाकामा विदेशिनेको लर्को लाग्न थालेको छ । माहामारीकै कारण स्वदेश फर्किएका अधिकांश नेपाली नागरिक अहिले पुनः कामकै शिलशिलामा भारत जान थालेका छन् । केही समय अगाडी स्वदेश फर्कनेको संख्या ह्वात्तै बढेका नाकामा अहिले दैनिक हजारभन्दा बढी नागरिक विदेशिन थालेका छन् ।

नागरिक घण्टौँ प्रतिक्षा गरेर जोखिमकाबीच भारतका विभिन्न शहरसम्मको यात्रा तय गर्न बाध्य बनेका छन् । लकडाउनका कारण रोजगारी गुमाएपछि स्वदेश फर्किएका नागरिक अहिले भोक मेटाउनका लागि विदेशिन थालेका छन् । देशको अस्थिर राज्यव्यवस्था र नेतामुखी राजनीतिक अवस्थाले गर्दा विदेशिन बाध्य भएको नागरिकको भनाई छ । बाँकी फोटोमा हेर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal