फुलवारी बहुमुखी क्याम्पसको साधरण सभा सम्पन्न, को बन्दैछ नयाँ अध्यक्ष ? (फोटो-कथा)

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । फुलवारी बहुमुखी क्याम्पसको चौँथो साधारण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बिहिवार धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा स्थित फुलवारी बहुमुखी क्याम्पसको चौँथो साधारण सभाको उद्घाटन कार्यक्रम प्रमुख अतिथि निवर्तमान वन तथा वातावरण मन्त्री नारदमुनि रानाको उपस्थितिमा सम्पन्न भएको हो ।

क्याम्पस संचालक समितिका अध्यक्ष भुवन रिजालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र सुदूरपश्चिम प्रदेश सभा सदस्य सुशिला बुढाथोकी रहेकी थिईन् । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १४, १८ र १९ का वडा अध्यक्ष अतिथिमा रहेका थिए भने कार्यक्रमको सञ्चालन प्राध्यापक श्याम सुन्दर जोशीले गरेका थिए ।

कार्यक्रममा क्याम्पसको आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक प्रतिवेदन पेश गर्दै क्याम्पस प्रमुख यम पौडेलले क्याम्पसको सुनिश्चित भविष्यका लागि सबैले सोच्नुपर्ने बताए । उनले भने, ‘फुलवारी बहुमुखि क्याम्पस कुनै व्यक्तिको होईन, यसको विकास र स्तरोन्नतिका लागि सबैजना एकजुट हुनुपर्छ ।’ त्यस्तै कार्यक्रममा क्याम्पसको चौथो पुर्ण साधरण सभाको बन्द सत्र शुरु भएतापनि आवश्यक गणपुरक संख्या नपुगेका कारण स्थगित गरिएको क्याम्पस प्रमुख पौडेलले बताए । उनले भने, ‘स्थगित बन्द सत्र यहि १६ गते सञ्चालन हुन्छ र सोहि दिन नयाँ समिती चयन गरिन्छ ।’

कार्यक्रममा उपस्थित प्रमुख, विशिष्ट तथा अतिथिहरुले क्याम्पसको स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । त्यस्तै क्याम्पस संचालक समितिका अध्यक्ष भुवन रिजालले क्याम्पसको स्तरोन्नतिका लागि आफु लागि परेका बताए । उनले भने, ‘अझै माथि पुग्नका लागि प्रयाप्त परिश्रम गर्नुपर्छ ।’ कार्यक्रममा उपस्थित स्थानियहरुले क्याम्पसको नयाँ संचालक समितिको नेतृत्व साझा, योग्य, इमानदार, पहुँच भएको व्यक्तिलाई दिनुपर्ने माग गरेका छन् । बाँकी फोटोमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal