दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीको ‘रिफ्लेक्टिब स्टिकर’ टाँस्ने अभियान

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलालीमा ट्राफिक प्रहरीले दुर्घटना न्यनिकरण गर्न ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रातिको समयमा हुने सवारी दुर्घटना न्यनिकरणका लागि ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियान सुरु गरेको हो ।

ट्याक्टरको ट्रालीमा लाईटहरुको ब्यवस्था नहुने हुदा ट्रालीको पछाडिको भागमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

रातिको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि मोहना–अत्तरिया ६ लेन सडक खण्ड र धनगढी बजारबाट ट्याक्टर र छाडा पशु चौपायामा टल्किने स्टिकर लगाउने अभियान सुरु गरिएको उनले बताए । उनका अनुसार छाडा चौपायाको घांटीमा र ट्याक्टरको ट्रालिको पछाडीको भागमा टल्किने स्टिकर लगाउने अभियान थालिएको हो । ल्य मभकअचष्उतष्यल बखबष्बिदभि.सो अभियानले रातिको समयमा हुने सवारी दुर्घटनाबाट जनधन र पशुचौपायाको क्षति न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा लिईएको प्रहरी निरिक्षक बोहराका भनाई छ । यो अभियान धनगढी बजार, पुर्व पश्चिम राजमार्ग लगायत कैलाली जिल्ला भरि नै लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal