सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामाग्री सहयोग

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई प्रतिमान निमा समिती प्रतिष्ठानले झण्डै १ करोड मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमकाबीच प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना माहामारीका कारण मुलुकभर त्राहीमामको अवस्था सृजना भईरहेका बेला राज्यप्रतिको दायित्व वहन गर्दै प्रतिमान निमा समिती प्रतिष्ठानले ७ प्रदेशका लागि ८ करोड बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ । माहामारीको पहिलो चरणमा आईसोलसन तथा होल्डिङ्ग सेन्टरमा जोड दिएको प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताईन् । उनले भनिन्, ‘दोस्रो लहर सुरु भएपछि हाम्रो जोड स्वास्थ्य सामाग्री वितरणमा रहेको छ ।’ निर्देशक थापाले आगामी दिनमा प्रदेश सरकार तथा सम्बन्धित निकायसँगको समन्वयमा थप सहयोग गर्ने समेत प्रतिबद्धता गरेकी छिन् ।

त्यस्तै सामाग्री ग्रहण गर्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहयोग गर्ने प्रतिमान निमा समिती प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने, ‘माहामारीको संक्रमण सुरु भएसँगै कोरोनाको हटस्पट बन्ने आँकलनकाबीच काम गरिरहेको प्रदेश सरकारलाई उक्त सहयोग निकै महत्वपुर्ण छ ।’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले आगामी दिनमा अझै सशक्त भएर माहामारीको प्रतिरोध गर्ने जिकीर गरेका छन् ।

प्रतिष्ठानले प्रदेश सरकारलाई गाउन आइसोलेसन २४ सय, फेस सिल्ड २ हजार ३ सय २२, मास्क ८४ सय, एल–९५डिस्पोजेजेबल १८ सय, डिस्टो थर्मामिटर २०, प्रोटेक्टीभ फेस सिल्ड १ हजार ८ सय ९०, पिपिई मिडियम २ सय ७६, पिपिई लार्ज २ सय ७६, इमरजेन्सी रिलिफ बेड ४, गलब्स् १ लाख, र केएन–९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६० वटा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal