हरेक वर्ष सुदूरमा यस्तै विचल्ली, नागरिक भन्छन्- ‘राहत नपाए बाटो खोल्न दिन्नौँ…’

  • योगेश सिंह/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

बझाङ्गमा पहिरोका कारणले अवरुद्ध भएको सडक अझैसम्मपनि खुल्न सकेको छैन । जिल्लाको बुङ्गल नगरपालिका स्थित वडा नम्बर ७ मा रहेको महादेव उ.मा.वि नजिकै रहेको गिठिनि भिरको पहिरोले बन्द भएको सडक खुलेको छैन । क्षतिपुर्ति नपाएको भन्दै पहिरो पिडितले विरोध गरेपछि काम रोकिएको स्थानियले बताएका छन् ।

भदौ ४ गते गएको पहिरोले बुङ्गल नगरपालिका ६ र ७ वडामा पर्ने कफलसेरि देखि सानिगाड हाइड्रोपावरको इन्लेट जोड्ने सडक अबरुद्ध भएको थियो । अबिरल बर्षासँगै गएको पहिरोले गर्दा सडक बन्द हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति समेत भएको थियो । जनप्रतिनिधि, हाईड्रोपावरका प्रतिनीधि र स्थानियबीचको सहमतीका आधारमा बाटो खोल्ने भनिएतापनि काम सञ्चालन हुन नसकेको स्थानियले गुनासो गरेका छन् । ‘पहिरो पिडितलाई उचित क्षतिपुर्ति दिने र अवरुद्ध सडक खोल्ने सहमति भएको थियो’, एक स्थानियले भने, ‘तर सडक खोल्न आएको मेसिन रोकिँदा काम भएको छैन ।’

पहिरोले गर्दा पाक्न लागेको धानबालीसहित गाईसमेत च्यापिए तर अहिलेसम्म हाम्रो दुःख कसैले नदेखेको पाहिरो पिडित हरिभक्त दमाईले गुनासो गरेका छन् । उनले भने, ‘क्षतिपुर्ति दिनु त टाढाको कुरा कसैले समस्या पनि सुनेनन् ।’ त्यस्तै अर्का पिडित राम बहादुर धामीले पनि जनताका दुखमा सरकार मुकदर्शक बनेको गुनासो गरे । उनले थपे, ‘मेरो त घर,जग्गा सहित गोठमा रहेका २ भैँसि र कमाईखाने खेत समेत पहिरोले बगायो तर पनि अहिलेसम्म कुनै निकायको आँखा लागेन । क्षतिपुर्ति दिनुपर्ने डरले ठूलाबडा कानेखुसी गरेर बाटो खोल्न लागे, हामीले क्षतिपुर्तिको माग गर्दै काम रोकेका हौँ ।’

यता पिडितलाई क्षतिपुर्ति दिने विषयमा निर्णय भईसकेको बताउँदै वडा नम्बर ७ का अध्यक्ष टंक प्रसाद जोशिले स्थानियले ढिपिले बाटो नखुलेको आरोप लगाए । त्यस्तै उनले जिल्ला प्रशासन कार्यालय तथा विभिन्न निकायसँग समन्वय गरिरहेको बताएका छन् । उनले भने, ‘ढिलोचाँडो पिडितले राहत पाउँछन् तर बाटो भने तत्कालै खोल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal