सेञ्चुरी बैंकले ‘सेञ्चुरी पे’ अनलाइन रेमिट सेवा सुरु गर्यो, यस्ता छन् फाईदाहरु !

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । सेञ्चुरी कमर्सियल बैँकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैकिङ एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिटन्स सेवा प्रदान गर्ने भएको छ ।

सेञ्चुरी बैँक धनगढी शाखाले अर्थसरोकारलाई जानकारी दिदै सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको जनाएको हो । यो सेवा सञ्चालनमा आएसँगैं बैँकका ग्राहकले आन्तरिक विप्रेषण सोझै मोबाइल बैकिङ एपबाट पठाउन सक्ने बैँकले जनाएको छ । आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिट मार्फत् सोझै नगद वा बैँकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जनाएको छ ।

यसका साथै मोबाइल बैकिङ एपमा रहेको रिसिभ रेमिटान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिनेछ । साथै यस सुविधा अन्र्तगत ग्राहकले सेञ्चुरी कमर्सियल बैँकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेण्ट मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । बैँकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा १६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal