कैलारी सहकारीको तेस्रो साधारण सभा सम्पन्न ! (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कैलारी सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएको छ । वर्षभरीका कार्यहरुको समिक्षा गर्दै आईतबार संस्थाले आफ्नै भवनमा साधारण सभा सम्पन्न गरेको हो ।

सहकारीका संस्थापक अध्यक्ष बतासु चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी रहेकी थिईन । कार्यक्रममा संस्थालाई विभिन्न कोणबाट सहयोग गर्ने कैलारी गाउँपालिकाको कार्यालय, महालक्ष्मि विकास बैंक तथा कृषि ज्ञान केन्द्र धनगढीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाले उत्कृष्ट ऋणी र बचतकर्तालाई समेत सम्मान गरेको छ ।

कृषि जोनको रुपमा रहेको कैलारी गाउँपालिकामा उक्त सहकारी संस्थाले किसानका लागि पावर टिलर, पम्पसेट, स्प्रे ट्याकीं, पानि मोटर लगाएतका सामाग्रि वितरण गर्नुका साथै तालिम समेत दिँदै आएको छ । बाँकी तस्विरमा हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal