‘सुरक्षा व्यवस्थालाई कडा पार्छौ, यसपालीको दशैँ कोरोनामय हुँदैन’- डिआईजी कँडेल

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । कोरोना माहामारीका कारण सम्पुर्ण विश्व आतंकित बनिरहेका बेला हिन्दु नेपालीहरुको महान चार्ड दशैं, तिहार तथा छठपर्व नजिकिएसँगै सुरक्षा चुनौति थपिएको छ । सोहि अनूरुप सुदूरपश्चिम प्रदेश प्रहरी चाडपर्वमा निम्तिन सक्ने जोखिम न्युनिकरणका लागि तयारीमा जुटेको छ ।

चाडपर्वमा कोरोना नियन्त्रणमा प्रमुख चुनौती के छ ?
विशेषगरी सुदूरपश्चिम प्रदेशको गौरिफन्टा नाका र गड्डाचौकी नाका भएर ठूलो संख्यामा नेपाली नागरिक रोजगारीका लागि भारत जानेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै सबैभन्दा ठूलो चुनौती यिनै नाकामा रहेकोले सोहि अनुसार सुरक्षा व्यवस्था बलियो बनाउने सुदूरपश्चिम प्रदेश प्रहरी नायब महानिरिक्षक पुरुषोत्तम कंडेलले बताए ।

कोरोना रोकथाम तथा न्युनिकरणमा प्रहरीको भुमिका कस्तो छ ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै डिआईजी कँडेलले कोरोना माहामारी स्वास्थ्यसँग जोडिएको विषय भएको बताए । उनले भने, ‘यसको प्रभाव सामाजिक, राजनीतिक, आर्थिक तथा शैक्षिक, मनोवैज्ञानिक लगाएका क्षेत्रमा परेको छ ।’ प्रहरी नायब महानिरिक्षक कंडेलले कोरोना रोकथाम तथा न्युनिकरणका लागि प्रहरीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका छन् ।

चाडपर्वमा कोरोना जोखिम कम गर्न प्रहरीको रणनीति के छ ?
माहामारी रोकथामको महत्वपुर्ण कदम भनेको भ्याक्सिनको उपलब्धता नै रहेकोले अग्रपंक्तिमा खटिएका सुदूरपश्चिम प्रदेशका सम्पुर्ण प्रहरी कर्मचारीलाई भ्याक्सिन वितरण गरिसकेको उनले बताएका छन् । उनले भने, ‘शान्ती सुरक्षा स्थापित गर्ने दायित्वबोध गरेको नेपाल प्रहरीको काँधमा अहिले माहामारीका रुपमा फैलिएको कोरोना रोकथामबाट नागरिकको ज्यानको सुरक्षा गर्ने अभिभारा समेत थपिएको छ ।’ प्रहरी नायब महानिरिक्षक कंडेलले सिमानाकामा चाडपर्व लक्षित हेल्प डेस्क स्थापना गर्नुका साथै विविध विषयमा प्रहरीको पहल तथा प्रयासको योजना तयार भएको जानकारी दिएका छन् ।

प्रहरी देख्दा सतर्क हुने, नदेखे लापरवाही बढ्ने प्रवृतिप्रति तपाईको धारणा के छ ?
प्रहरी देख्नेबित्तिकै सचेत हुने र प्रहरी नजरबाट टाढा भएपछि पुनः लापरवाही गर्ने नागरिकको प्रवृत्ती परिवर्तन गर्नुपर्ने त्यस्तै प्रहरी नायब महानिरिक्षक कंडेलले बताए । यद्यपि अहिले माहामारी पुर्णरुपमा न्युनिकरण नभएको भएतापनि अवस्था र जनजिवन सामान्य बनेको बताउँदै उनले माहामारीसँगको लडाईमा पहिलो सचेतना स्वयमं आफैबाट गर्नुपर्ने बताएका छन् । उनले थपे, ‘नागरिक सचेत भए विगतका जस्तो यसपालीको चाडपर्व कोरोनामय हुँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal