पनेरुले गरे जन्मदिनको अवसरमा प्रहरीलाई ‘प्याड’ वितरण

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय धनगढीमा कार्यारत महिला कर्मचारीका लागि सेनिटरी प्याड वितरण गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का नविन पनेरुले आफ्नो जन्मदिनको अवसरमा प्याड वितरण गरेका हुन् ।

मुलुकमा हावी भएको पश्चिमिकरणसँगै जन्मदिनको नाममा फजुल खर्च गर्ने प्रवृतिलाई तोड्न सामाजिक कार्यमा संलग्न भएको पनेरुले बताए । ‘खर्चका नाममा कसैले सकरात्मक कार्य गरेका छन् त कसैले नितान्त फजुल खर्च’, उनले भने, ‘तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै मैले सेनिटरी प्याड वितरण गरेको हुँ ।’

दैनिक देशभर कयौँ महिलाहरु महिनावारी भएका बेला प्याड अभावकै कारण मर्कामा पर्ने गर्दछन्, सोही मर्काको साक्षी बनिरहेका महिला प्रहरी कर्मचारीलाई मध्यनगर गर्दै सेनिटरी प्याड वितरण गरेको पनेरुले बताएका छन् ।

जन्मदिनको अवसरमा पनेरुले वडा प्रहरी कार्यालय धनगढीलाई ४० पिस, महिला तथा बालबालिका सेभ हाउस र दृष्टि फाउण्डेसनलाई क्रमश ४० र ४० पिस सेनेटरी प्याड वितरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal