छात्रा अधिकार दिवसको अवसरमा महिला विशेष कार्यक्रम सम्पन्न

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । अन्तरास्ट्रिय छात्रा अधिकार दिवसको अवसरमा धनगढीमा कार्यक्रम सम्पन्न गरिएको छ । असोज २५ गते परेको दिवसको अवसरमा धनगढी उप-महानगरपालिका वडा नम्बर १२ मा अवस्थित सिद्धनाथ माध्यामिक विध्यालयमा कार्यक्रमको आयोजना गरिएको हो ।

धनगढी उप-महानगरपालिकाका नगरप्रमुख नृप बहादुर वडको प्रमुख आथित्यतामा आयोजना गरिएको उक्त कार्यक्रमा महिलालाई लक्षित गर्दै विभिन्न गतिविधि गरिएको छ । छात्रा अधिकार दिवसलाई एक दिवसको रुपमा मात्रै नभएर अधिकार प्राप्तिका लागि तल्लो स्तरदेखी नै संघर्ष गर्नुपर्ने नगरप्रमुख वडले बताए । उनले भने, नगरपालिकामा छात्रा अधिकारका लागि विध्यालय तथा समुदाय स्तरमा अभियान चलाउछौं ।

त्यस्तै, विध्यालयका छात्रालाई स्वास्थ्या सामाग्री वितरण गर्दै प्याराडाइज नेपालका अध्यक्ष मीन शाहिले छात्रा तथा महिला अधिकारका लागि आफुहरु निरन्तर लागि पर्ने बताए । महिला अधिकारका लागि एकदिन मात्रै नभएर हरेक दिन प्रयत्नरत हुनुपर्ने बताउँदै उनले यश विषयमा स्थानिय, प्रदेश तथा केन्द्र सरकार पनि गम्भीर हुनुपर्ने बताएका छन ।

कार्यक्रममा छात्रा स्तरिय नृत्य प्रतियोगिता, गायन प्रतियोगिता र विध्यालयका छात्राहरुलाई स्वस्थ्य सामाग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal