धनगढीका हुलाकी बाईपास सडकमा धान र परालको चाङ्ग, कुरुपसँगै जोखिम झन् बढ्यो…(फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीका विभिन्न क्षेत्रमा रहेका हुलाकी बाईपास सडकमा अहिले धान र परालका चाङ्ग देख्न सकिन्छ । केहि दिन अगाडी आएको अविरल वर्षापछि किसानले खेतबारीको अन्नबाली सडकमै थुपार्न थालेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १४, १८, १९ मा पर्ने हुलाकी बाईपास सडक धान र परालका थुप्राले भरिभराउ छन् । कसैले धानको कुनिउँ नै सडकमा बनाएका छन् भने कसैले सडकमै परालको चाङ्ग लगाएका छन् । दुवै साईडमा धान र परालको चाङ्ग लगाउँदा साँघुरा बनेको सडक कुरुप देखिन थालेका छन् । त्यस्तै अव्यवस्थित रुपमा सडकमै राखिएको धान र परालको थुप्राले दुर्घटनाको जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal