बालसुधारगृह र कारागारका कैदीबन्दीलाई खेलकुद सामाग्री सहयोग

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

डोटी । साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा हस्तान्तरण गरिएका खेलकूद सामग्रीले कारागार तथा बालसुधार गृहमा राखिएका कैदीबन्दीलाई सहयोग पुग्ने बताए । मनोरञ्जन तथा खेलकूद सामग्री नहुँदा कैदीबन्दीलाई दिन बिताउनसमेत समस्या थियो, उनले भने, साइन नेपालले खेलकूदका सामग्री प्रदान गरेपछि अब सहज हुने भएको छ । संस्थाले खेलकूद सामग्री प्रदान गरेपछि कैदीबन्दी निकै खुसी भएका छन् ।

यसैगरी उक्त संस्थाले जिल्लाको सायल गाउँपालिका र आदर्श गाउँपालिकामा गएको असोज अन्तिम साता वर्षासँगैको आएको बाढीपहिरा पीडितलाई पनि आज खाद्यान्नलगायत राहत सामग्री वितरण गर्ने जनाएको छ ।

उक्त संस्थाले जिल्लामा महामारी, विपद्, शिक्षा, स्वास्थ्य, छाउपडीलगायतका क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal