बाईक पारखीहरुका लागि धनगढीमा जावाको नयाँ टेस्ट…

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । बाईक अधिकांशको रहरको साधन हो । बदलिँदो विश्व र विकासका आधारमा विकसित भएका थुप्रै मोटरसाईकलका स्वादहरुमा पछिल्लो पिढी अभ्यस्त बन्दै गएको पाईन्छ । त्यस्तै मोटरसाईकल पारखीहरुका लागि धनगढीमा डिभा मोटर्सले जावाको नयाँ टेस्ट ल्याएको छ ।

नेपालका लागि जावा मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आज देखि धनगढीबाट मोटरसाइकलको बिक्रीवितरण शुरु गरेको हो । धनगढी ४ बोराडाडी आर्मी ब्यारेक अगाडि स्थित डिभा मोटर्सले आधिकारिक बिक्रेताको रुपमा मंगलबारबाट मोटरसाइकल बिक्रीवितरण शुरु गरेको डिभा मोटर्सका संचालक गोबिन्द रेग्मीले जानकारी दिएका छन् ।

मोटरसाइकल शोरुमको सुदुरपश्चिम डिलर एसोसिएसन (साडा) का अध्यक्ष एवं कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले उदघाटन गरेका छन । युवा पुस्तालाई लक्षित गरि बजारमा ल्याइएको जावाले युवाहरुको मन जित्ने अध्यक्ष ओझाले बताए । उनले भने, ‘सुदुरपश्चिममा टु ह्विलरका लागि नेपालमै सबैभन्दा बढी डिलरहरु रहेको छ, जुन मोटरसाईकल पारखीहरुका लागि खुसीको कुरा हो ।’

हाललाई जावा पिराक सिंगल सिटर र जावा ४२ सिंगल र डबल एबियसमा उपलब्ध हुने बताउदै डिभा मोटर्सका प्रोप्राइटर गोबिन्द रेग्मिले छिट्टै स्कुटर सहित अन्य मोडलहरु उपलब्ध गराउने बताएका छन् । ‘यो मोटरसाईकल पारखीहरुका लागि समय अनुसारको माग हो’, उनले भने,’बजार मुल्यमै पाईने यो बाईकले बाईक सोखिनको मन जित्ने छ ।’ अहिले पिराकको मूल्य ७ लाख ५० हजार रहेको छ । त्यस्तै जावा ४२ सिंगल एबिएसको ६ लाख २० हजार र डबल एबियसको ६ लाख ४७ हजार रहेको मुल्य रहेको संचालक रेग्मीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal