७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध बिगार्नु हुन्न, राष्ट्रिय सहमतिबाट एमसीसी पास हुन्छ- प्रचण्ड

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सहमतिबाट एमसीसी पास गर्ने बताए । बुधबार बिहान धनगढी विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताउँदै बृहत छलफलको खाँचो रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा नागरिकमा केही भ्रम रहेको बताउँदै उक्त भ्रमलाई चिर्ने जरुरी रहेको बताए । ‘वृद्धिजिवी, नागरिक समाज, कानुन ब्यवसायी, पत्रकार लगायतका निकायसंग छलफल गरी राष्ट्रिय सहमतीबाट एमसीसी पास हुन्छ’, उनले भने, ‘अमेरिकासँग नेपालको ७५ वर्ष पुरानो कुटनीतिक सम्बन्ध छ र त्यसलाई अवज्ञा गर्नुहँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal