ट्राफिक प्रमुख सिंहको टार्गेटमा ‘थ्रि-ओ’, भन्छन्- ‘यसपाली यो समस्या जिरोमा झार्छु…’

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । धनगढीमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि सरोकारवाला निकायसंग छलफल तथा अन्तर्त्रिया कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली धनगढीको प्रांगणमा यातायात कार्यालय, खानेपानी संस्थान, अटोरिक्सा चालक मजदुर संघ, मजदुर भलाई संघ, नेपाल आयल निगम, विभिन्न यातायात व्यवसायी समिति लगायतका निकायको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको हो ।

छाडा पशुचौपाया, अव्यवस्थित सवारी पार्किङ, निर्माणाधीन सडक संरचना र अनियन्त्रित विधुतिय रिक्साको चापका कारण दुर्घटनाले भयावह रुप लिंदै गएको कार्यक्रममा सहभागीहरुले बताएका छन । उपमहानगरपालिकाभित्र अटोरिक्साको अवस्था भयावह बन्नुको मुख्य कारण देशमा रहेको तिनै तहको आन्तरिक खिचातानी रहेको उनिहरुको तर्क रहेको छ । जिल्लामा देखिएका सडक दुर्घटनाका मुख्य मुख्य विषयमा केन्द्रित रहि समस्या समाधानमा ट्राफिक प्रहरी कार्यालय लागि पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक वकिल बहादुर सिंहले बताए । ‘दुर्घटना न्युनिकरणमा प्रहरीसंगै नागरिक पनि जिम्मेवार हुनुपर्छ’, उनले भने, ‘कुनैपनि हातलमा सडक दुर्घटना न्युनिकरण गर्नु हाम्रो लक्ष्य रहनेछ ।’

त्यस्तै प्रहरी निरीक्षक वसिंहले आफुले पाएको जिम्मेवारी पुर्णरुपमा सफल पार्ने समेत प्रतिवद्धता गरेका छन् । कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा विशेष गरि थ्रि ओ अर्थात ओभरटेक, ओभरस्पिड र ओभरलोडमा मुख्यरुपमा रणनीति तयार पार्ने बताए । ‘यो समस्या मेरो कार्यकालमा शुन्यमा झार्छु’, उनले भने । त्यस्तै उनले सवारी चाप, अव्यवस्थित पार्किङ्गसँगै ट्राफिक नियमका विषयमा पनि नागरिकमा सचेतना फैलाउने र सडक दुर्घटना न्युकिरणमा ध्यान दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal