चाडपर्व लक्षित कैलालीमा बजार अनुगमन… (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । यतिबेला हिन्दुहरुको दोस्रो ठुलो महान चार्ड तिहार नजिकिँदै छ । विगतकै वर्षदेखी चाडपर्वका बेला व्यापारीहरु सक्रिय हुने र उपभोक्ता ठगिने प्रवृति चल्दै आएको छ । यसैबीच कैलालीमा तिहारलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अहिले जिल्लाका विभिन्न ठाउँका मिष्ठान तथा किराना पसलहरुमा अनुगमन टोलि देखिन्छन् । जिल्ला प्रशासन कार्यालय, स्थानिय तह तथा खाद्य तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलि बजार अनुगमनमा सक्रिय बनेको छ ।

गौरीगङ्गा नगरपालिकाका बजार निरिक्षक लक्ष्मणराज जोशीले सोमबार मात्रै मसुरियाका विभिन्न पसलहरुमा अनुगमन गरेको बताए । ‘मिष्ठान, किराना तथा सुनचाँदी पसलमा अनुगमन गरेका छौँ’, उनले भने, ‘म्याद गुज्रेका अखाध्य वस्तु, नापतौलमा अशुद्धता भेटिएका पसलहरुलाई नियम अनुसार कारबाही तथा जरिवाना समेत गरेका छौँ ।’
बाँकी फोटो फिचरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal