‘आफ्नै गाउँ जाने बाटो पिच गर्न नसक्ने प्रधानमन्त्रीले यो देशको बाटो तय गर्न सक्दैनन’- अध्यक्ष बस्नेत

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पाँचौ पटक प्रधानमन्त्री बनेका शेर बहादुर देउवाले आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको बताएका छन । प्रेस चौतारीको सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै उनले असक्षम प्रधानमन्त्रीको जिउँदो साक्षी देउवा भएको बताएका हुन ।

प्रधानमन्त्री शेर बाहादुरको गृह जिल्लामा उभिएर चुनौती दिदै झुक्किएर पाँच पटक प्रधानमन्त्री बनेको भएतापनी अब सम्भावना शून्य रहेको उनले बताएका छन । ‘पार्टी अध्यक्ष केपि ओलिको योजना तुहाउने शेर बहादुर देउवा हो’, उनले भने, ‘ब्यबस्थित बाटाघाटाका योजना अन्धो भएर सबै खारेज गरिदिएर सुदूरको विकास १० वर्ष पछाडी धकेल्ने पनि उनै देउवा हुन ।’

त्यस्तै उनले पाँच पटक प्रधानमन्त्री बन्दापनी आफ्नै गाउँ जाने बाटो बनाउन नसकेको आरोप लगाएका छन । ‘देउवा देखेर सुदूरका जनता आजित बनिसके’, अध्यक्ष बस्नेतले भने, ‘आफ्नै घर राम्रो भएको नरुचाउनेले देशको बाटो तय गर्न सक्दैनन ।’

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal