वर्षाले बैतडीमा २ करोड बढीको अन्नबाली मास्यो, भोकमरीको चिन्तामा किसान

बैतडी । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण संकलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिगास , शिवनाथ,सुर्नया, दोगडाकेदार गाउँपालिका र दशरथचन्द र पाटन नगरपालिकाबाट संकलित बन्नबाली क्षतिको तथ्याङ्कअनुसार एक हजार ३२० मेट्रिक टन अन्नबाली र तरकारी बालीमा क्षति भएको हो ।

जिल्लाका अन्य स्थानीय तहहरुमा भएको क्षतिबारे विवरण संकलनको काम भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनी भन्छन्, “वर्षाले आवातजावत गर्न बाटोसमेत नहुँदा क्षतिको विवरण संकलन गर्न ढिलाई भएको हो ।” जिल्लाको सिगासमा सबैभन्दा बढी क्षति भएको जनाइएको छ । सिगासको ढुङ्गाड र थलाकडामा मात्रै एक हजार १०० मेट्रिक टन अन्नबालीमा क्षति गुगेको जिप्रकाले जनाएको छ । यसका साथै क्षतिको विवरण संकलन भएका स्थानीय तहहरुमा ३० घरमा पूर्ण र ४५ घरमा आंसिक क्षति पुगेको छ । यस्तै तीन वटा झोलुङ्गे पुल, दुई विद्यालय, २४ सिँचाइ आयोजना, १५ सडकमा क्षति पुगेको छ । भौतिक संरचना गरेर यहाँ एक अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ ।

तथ्याङ्क संकलन काम सम्पन्न गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइने जनाइएको छ । किसानले भित्र्याउन नपाएको धानबालीमा क्षति पुगेको हो । धान उत्पादनको पकेट क्षेत्रमा नै अन्नबालीमा ठूलो क्षति भएपछि भोकमरी हुने भन्दै किसान चिन्तित भएका छन् । उक्त वर्षाका कारण पहिरोले घर पुरिँदा जिल्लाको शिवनाथका तीन र सुर्नयाका एक जनाको ज्यानसमेत गएको थियो । -रासस

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal