सामुदायिक वनबाट सुटुक्क सालका गोलिया चोर्ने दुईजना पक्राउ

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

धनगढी । गोरुगाडामा लुकाई छिपाई राखेको २१ क्युफिट सहित दुई जनालाई पक्राउ परेका छन् । वनको गस्ती टोलीले धनगढी उपमहानगरपालिका–११का मोहन राना र वडा न ९ बस्ने जगदीश रानालाई गोरुगाडा सहित पक्राउ गरेको हो ।

सव डिभिजन वन कार्यालय फुलबारी र धनगढीकोको संयुक्त गस्ती टोलीले सो काठ बरामद गरेको हो । टोलीले धनगढी उपमहानगरपालिका–११ को सीताराम सामुदायिक बनबाट सालको रुख काटी चोरी निकासीको लागि धनगढी १७ को सिद्ध बाबा समुदायिक वन क्षेत्रमा लुकाएको अवस्थामा फेला पारिएको फुलबारी सब डिभिजन बन कार्यलय प्रमुख निराजन कडालले जानकारी दिए ।

सिताराम सामुदायिक बनबाट काठ सिद्दबाबा सामुदायिक बनमा राखी त्यहाबाट बाहिर बेच्नका लागि लुकायको अवस्थामा गोप्य सुचनाका आधारमा गस्ती टोलीले गाडामा लोड गरिएको अवस्थामा काठ बरामद गरिएको बताईएको छ । काठ चोरीमा सलग्न रहेका रानाहरुलाई थप अनुसन्धान र कारबाही दुबै लाई वन ऐन २०७६ र वन निमावलि २०५१ अनुसार काहबाही हुने सब डिभिजन वन कार्यलय धनगढी प्रमुख जिसन कार्कीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal