राष्ट्रिय सरोकार मञ्चले थाल्यो कैलालीमा ‘विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान’

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । कैलालीमा विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान सुरु गरिएको छ । राष्ट्रिय सरोकार मञ्च कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा अभियान थालिएको हो ।

विद्यार्थीसङ्ग ट्राफिक प्रहरी अभियान अन्तर्गतको पहिलो कार्यक्रम माईलस्टोन इङ्ग्लिस बोर्डिङ्ग स्कुलमा सम्पन्न गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । ‘कैलालीका लागि यो नौलो अभियान हो’, उनले भने, ‘सकेसम्म धेरै जनमासमा सचेतना फैलाउने हाम्रो उद्देश्य हो ।’

कार्यक्रमबाट विद्यार्थीहरूले ट्राफिक नियमहरूको बारेमा आवश्यक जानकारीका साथै आफ्ना जिज्ञासाका प्रतिउत्तर समेत प्राप्त गरेको ट्राफिक प्रहरी निरीक्षक सिंहले बताए । त्यस्तै उनले विद्यार्थीसङ्गै परिवारपनि ट्राफिक नियमका विषयमा जानकार हुनुपर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal