अत्याधिक मतसहित माओवादी केन्द्रको नगर कमिटी उपाध्यक्षमा खत्री, भन्छन-“राजनितीले डामाडोल पारेको खेलकुद क्षेत्र राजनितीबाटै उकास्छु”

  • अर्थ सरोकार सुदुरपश्चिम ब्युरो

धनगढी । नेकपा माओवादी केन्द्रको नगर कमिटी उपाध्यक्षमा ललित खत्री विजयी भएका छन् । खेलकुद बिकास समिति कैलालीका अध्यक्ष खत्री नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटिको उपाध्यक्षमा अत्याधिक मतले बिजयी भएका हुन् ।

खेलकुद विकास समिती कैलालीका अध्यक्षसमेत रहेका खत्रीले आफ्नो राजनीतिक यात्राले अब फरक मोड लिने बताएका छन । खेलकुद क्षेत्रमा लामो समयदेखी लागेका उनले पछिल्लो खेलकुदको भविष्य राजनितिक माहोलले बिगारेको समेत बताए । उनले भने, “राजनितिले डामाडोल पारेको खेलकुद क्षेत्र राजनितीबाटै माथी उकास्छु ।”

बिहिबार मतदान प्रक्रियाबाट निर्वाचित भएका खत्रीले सबैभन्दा बढी ४६ मत पाएका हुन् । उनिसंगै ४१/४१ मत ल्याएर दिपक रावल र मन्तोरा रानापनि उपाध्यक्षमा बिजयी भएका हुन् । उपाध्यक्षमा बिजयी ३ सहित किसन कोली, बिनोद बोहरा, मिन बहादूर बिसी र राजु तोलाङ्गी भिडेका थिए । नगर अध्यक्षमा सुरज खाती निर्वाचित भएका थिए भने, सचिवमा रमेश भट्राई निर्बिरोध निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मिसन सुदूरपश्चिम

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले सुदूरपश्चिम प्रदेशमा हाम्रो ब्युरो सञ्चालनमा छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ (काठमाडौँ) वा ९८५८४७८३३३ (सुदूरपश्चिम प्रदेश) मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal